अदालतमा उभ्याउनुअघि पोखरा र काठमाडौंमा प्रदर्शनको तयारी

अदालतमा उभ्याउनुअघि पोखरा र काठमाडौंमा प्रदर्शनको तयारी

रास्वपा सभापति रवि लामिछाने पक्राउविरुद्ध पार्टी कार्यकर्ताले बिहान पोखरा र दिउँसो काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेका छन् ।

पोखराको चिप्लेढुंगामा बिहान ११ बजे र दिउँसो १ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो । ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यकर्ताले विरोध गर्न लागेको बताएका छन् ।

हिजो बेलुकी काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पुर्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएपछि प्रहरी हिरासतमा राखिएका उनलाई भोलि जिल्ला अदालत, कास्कीमा उपस्थित गराईंदै छ । 

रविसहित १४ जनालाई हिजो अपरान्ह जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधमा आवश्यक अनुसन्धानपछि मुद्दा चलाईंदै छ ।

टिप्पणीहरू