सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्न रास्वपाको निर्देशन

सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्न रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशनहरू स्थगित गरेको छ । सभापती रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेपछि पूर्वनिर्धारित सबै जिल्ला अधिवेशनहरु स्थगित गरिएको बताइएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार विकसित राजनीतिक घटनाक्रमका कारण तत्कालका लागि अधिवेशन स्थगित गरिएको हो । यस्तै सभापतिको प्रक्राउविरुद्ध ७७ वटै जिल्लामा सदरमुकाम केन्द्रित विरोध कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

कास्की जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले लामिछानेलाई शुक्रबार साँझ वनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्रेर राति नै पोखरा पुर्याएको छ । रास्वपा नेता तथा कार्यकर्ताले उनको समर्थन र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा हिजो साँझदेखि नाराबाजी गर्दै आएका छन् ।

टिप्पणीहरू