अमेरिकी राष्ट्रपतिको चुनाव हेर्न गए थपलिया

अमेरिकी राष्ट्रपतिको चुनाव हेर्न गए थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया अमेरिका गएका छन् । कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा हिजो साँझ पौने ७ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा भएर गएको टोलीले आगामी २० गते अर्थात नोभेम्बर ५ का दिन हुने राष्ट्रपतीय निर्वाचन अवलोकन गर्ने छ । टोली इन्टरनेशनल फाउण्डेसन फर इलेक्टोरल सिस्टम्स को निमन्त्रणामा गएको हो । 

अमेरिकी राष्ट्रपतीय निर्वाचन अवलोकनपछि कात्तिक २४ गते दोहा हुँदै फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू