खोला मिचेर बनाइएका संरचना हटाउन निर्देशन

खोला मिचेर बनाइएका संरचना हटाउन निर्देशन

कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानाला बनाइएका भौतिक संरचना हटाउन लागेको छ । 

उपमहानगरले सार्वजनिक सूचना निकालेर कात्तिक मसान्तभित्र संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । खोला किनारका सार्वजनिक जग्गामा पानीको बहाव कायम गर्ने, हरियाली र सडक तथा फुटपाथ निर्माण गर्न लागिएको जनाउँदै उपमहानगरले वडा नम्बर १ देखि ८ सम्मका सबै र १३ नम्बर वडामा संरचना हटाउन भनेको छ । 

‘खोला तथा नालाको अधिकार क्षेत्र र सेटब्याक रेखाङ्कन तथा सिमाङ्कन गर्ने कार्यक्रम रहेको हुँदा वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृतिक खोला नालाहरुमा निर्माण गरिएका भौतिक संरचनाहरु मिति २०८१ कात्तिक मसान्तभित्र हटाई सहयोग गरिदिन अनुरोध छ,’ सूचनामा उल्लेख छ । 

तोकिएको समयमा त्यस्ता भौतिक संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने उपमहानगरको चेतावनी छ ।

टिप्पणीहरू