अदालतविरुद्ध नाराबाजी गरेपछि रविका कार्यकर्तामाथि ‘टियर ग्यास’

अदालतविरुद्ध नाराबाजी गरेपछि रविका कार्यकर्तामाथि ‘टियर ग्यास’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थप सात दिन हिरासतमै रहने भएपछि उनका कार्यकर्ता उग्र विरोधमा उत्रिएका छन् । 

जिल्ला अदालत कास्कीको अगाडि प्रदर्शन गरिरहेका रास्वपा कार्यकर्ता सभापतिलाई थुनामा राख्न म्याद थपिएसँगै आक्रोशित भएका हुन् । लामिछानेलाई अदालत लैजानुअघि शान्त रहेका उनीहरु म्याद थपको आदेश आएपछि अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको छ । त्यसक्रममा प्रदर्शनकारीले जबर्जस्ती गरेपछि प्रहरीले दुई सेल अश्रुग्यास हानेको छ भने पानीको फोहोरा हान्ने तयारी पनि गरेको छ ।

अहिले रास्वपा कार्यकर्ताले अदालत बाहिर ’भ्रष्ट सरकार होसियार’, असत्ति सरकार मूर्दावाद’, ’न्याय मार्न पाइँदैन’, ’हाम्रो आन्दोलन जारी छ’,जस्ता नारा लगाइरहेका छन् । 

उता सूर्यदर्शन सहकारीका पीडितले पनि न्याय माग्दै सडकमा नारा लगाइरहेको स्थिति छ ।

टिप्पणीहरू