सिंहदरबारको सेवा अब नारायणहिटीबाट

सिंहदरबारको सेवा अब नारायणहिटीबाट

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिंहदरबारस्थित कार्यालयबाट प्रदान गर्दै आएको सेवा नारायणहिटी दरबार संग्रहालय परिसरबाट प्रवाह गर्ने भएको छ । 

विभागले यही कात्तिक ११ गतेदेखि दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) रहेको विभागको ईकाईबाट सेवा प्रवाह गर्न लागेको हो । सर्वसाधारणको सहज पहुँच र सुविधालाई दृष्टिगत गरी यस्तो व्यवस्था मिलाइएको विभागले भनाइ छ । 

विभागद्धारा जारी सूचनामा उल्लेख छ, ‘यस विभागले सिंहदरबारस्थित कार्यालय परिसरबाट प्रदान गरिदैँ आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा अन्य जानकारीसम्बन्धी सेवाहरु सर्वसाधारणको सहज पहुँच र सुविधालाई दृष्टिगत गरी मिति २०८१-०७-११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) भित्र रहेको राष्ट्रिय परिचयपत्र ईकाईबाट प्रवाह गरिने जानकारी गराइन्छ ।’

टिप्पणीहरू