दशैँलगत्तै पत्रकारलाई तिहार खर्च

दशैँलगत्तै पत्रकारलाई तिहार खर्च

महँगो होटलमा तामझामका साथ कार्यक्रम गरी आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सहभागीलाई पैसा बाँडेको पाइएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारमा १७ औं पटक मन्त्री बनेका भण्डारीले केही दिनअघि बसेरा होटलमा विशेष कार्यक्रम आयोजना गरी सय दिने उपलब्धि सार्वजनिक गरेका थिए । कार्यक्रममा निम्त्याइएका अतिथि र पत्रकारलाई खाजा र खानाको व्यवस्था थियो भने हिंड्ने बेला मन्त्रालयको खामभित्र एक हजारको नोट राखेर 'बाटो खर्च' पनि दिइएको बताइएको छ ।

मन्त्री भण्डारीले कार्यक्रम आयोजना गरेको बसेरा होटलका मालिक मेडिकल माफिया भनेर चिनिने विशाल पण्डित हुन् । उक्त होटलमा नेकपा एमालेले पनि बेला-बेला सचिवालय बैठक राख्ने गरेको छ । 

प्रधानमन्त्री केपी ओलीसहित अन्य मन्त्रीले भने मन्त्रालयमै पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

टिप्पणीहरू