जिबीवाला इमेलवारे आइजिपीलाई बृफिङ्ग,रविसङ्ग थप सोधपुछ

जिबीवाला इमेलवारे आइजिपीलाई बृफिङ्ग,रविसङ्ग थप सोधपुछ

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईको नामबाट आएको इमेलबारे सत्तारुढ दलको बैठकमा बृफिङ्ग भएको छ । 

गृहमन्त्री रमेश लेखकले उक्त इमेलबारे बैठकलाई जानकारी गराएका हुन् । जनआस्था अनलाइनले आफूलाई हिजो प्राप्त  उक्त इमेलसहितको समाचार सम्प्रेषण गरेको थियो । लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र साइबर ब्यूरोले जनआस्थाको कार्यालयमै आएर त्यसबारे अनुसन्धान थाली आज बिहान प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई प्रतिवेदन बुझाएका थिए भने लगत्तै सिआइबी र प्रहरी प्रधान कार्यालयले जिबीलाई समातेर बुझाइदिन काठमाण्डौस्थित मलेसियन राजदूतलाई आग्रह गरेका थिए । साइबर ब्युरो प्रमुख नविन्द अर्यालको भनाइ थियो-जिबी राईका नामबाट आएको इमेल नक्कली होइन । उता सिआइबी प्रमुख दिपक थापाले भनेका छन्-उक्त इमेलमा थुप्रै नयाँ कुरा समेटिएका छन्, जसवारे रवि लामिछानेसङ्ग थप सोधपुछ गरिनेछ ।

(सिआइबी) र साइबर ब्यूरोले जनआस्थाको कार्यालयमै आएर त्यसबारे अनुसन्धान थाली आज बिहान प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई प्रतिवेदन बुझाएका थिए भने लगत्तै सिआइबी र प्रहरी प्रधान कार्यालयले जिबीलाई समातेर बुझाइदिन काठमाण्डौस्थित मलेसियन राजदूतलाई आग्रह गरेका थिए ।

गठबन्धनको बैठकमा गृहमन्त्रीले पनि इमेलबारे प्रहरीले अनुसन्धान गरिरहेको र नयाँ तथ्य फेला पर्ने सम्भावना रहेको जानकारी गराएको बताइएको छ ।

From: RaiGb <[email protected]>
Date: Thu, Oct 24, 2024 at 12:05 AM

Subject: FROM THE BEHALF OF GB RAI
To: [email protected] 

सहकारीको अनुसन्धान यसै दिशामा अगाडी बढे म सहजतापूर्वर्क अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो बातावरण बनाइदिनुहोला जुन कुरा सँसदिय समितीलाई पनि मैले सँदेश पठाएको थिएँ । म सहकारी पिडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जिवन सहजताका साथ बिताउन चाहन्छु । त्यो बातावरण राज्यले बनाइदियोस । अहिले पक्राउ परेका साथीकै कारण मैले अन्य्सन्धानमा सहयोग गर्न नसकेको हुं । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

लामिछानेजिकै अनेक आइडियाकै कारण म अहिलेसम्म पनि उनको पार्टी र ब्यक्तीहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस ।   

सुरुमा मिडियामा लगानी गर्नु अगावै चिन्जान पुर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन ।त्यस पश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने सर्त अगाडी सारे पछी म अगाडी बढेको हुँ । याक यतीको बैठकमा स्वम दिपक र रबीले तपाईंसँग सहकारी छ त्यहाँको पैसा यता लगानी गर्नुस हामी नाम पनि दाम पनि दिन्छौ भनेपछी म अगाडी बढेको हुँ । टिभी नचल्ने देखेपछी र राजनितीमा जान्छु भनेपछी आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले । केही पछी तपाईंलाई पनि गार्हो हुन्च मेरो नाम पनि जोडिन्छ टिभी नै अरुको नाममा राखौँ भनेर युबाराज कडेँलको नाम ल्याए ।मैले बिस्वास नगरे पछी खनियाँ थरका ब्यक्तिको नाम अरु कोही मार्फत उनले ल्याए ।  त्यो प्रस्ताब उनि आफैले नमानेपछी कुरा रोकियो जस्तो लाग्छ । पछी यो कुरा बाहिर आउन थालेपछी म सबै मिलाउछु नि जिबी जि किन आत्तिएको भन्दै सधै पार्टी र आफुलाई आर्थीक सहयोग मागिरहे ।

उप निर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापा लाई ५ करोड हुन्डी गर्न लगाए ।  मैले उनि मोहनलाई ५ करोड रबीको लागी भन्दै पठाएँ । पछी पनि कहिले अमेरिकामा रहेका उनै खनियाँ थरका ब्यक्तीलाई कहिले मोहनलाई पैसा पठाउन भन्थे । खनिया थरका ब्यक्तीले पैसा लिन सधैँ नकारे पनि रबी अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टिको लागी भनेर सहयोग पठाएँ । जापानमा डिपीका अर्का अर्याल थरकै ब्यक्तीलाई पनि ३ करोड पठाएँ । मोहनले  रबी पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र केही रकम रबीका अर्का सहयोगी बिपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन ।

 उनले दिपक बोहरा मार्फत केस अगाडी जाँदेन तपाईं नेपाल चाहिँ न आउनु कतै केहि नबोल्नु भनेर धम्काउने तर्साउने गरे । अहिले रबी आफै हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडी बढेमा नेपाल आइ आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस । उनि पुर्पक्ष चलान भ्एमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र आइ सबै सहयोग गर्ने र बचत कर्ताको रकम फिर्ता गर्नेछु ।  राज्यले सहयोग गरोस ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।
basnet.sr

उक्त समाचारमाथि टिप्पणी गर्दै कतिपयले जनआस्थाले जिबीको नाममा फेक इमेल बनाएर भ्रामक समाचार लेखेको आरोप लगाइरहेका छन् । तर, साइबर ब्यूरोले उक्त इमेल स्क्याम (नक्कली) नभएको जनाइसकेको अवस्था छ भने गृहमन्त्री लेखकले प्रधानमन्त्रीसमेत सम्मिलित बैठकमा इमेलमा उल्लिखित कतिपय प्रसङ्गवारे बिस्तृत अनुसन्धान गरिने बताएको बुझिएको छ ।

टिप्पणीहरू