देश र जनताको सेवामा जुट्दा जुट्दै

देश र जनताको सेवामा जुट्दा जुट्दै
सुन्नुहोस्

बाढीपहिरो प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा खटिने क्रममा निधन भएका इन्स्पेक्टर दिलबहादुर बडुवालको सम्मान र सम्झनामा सशस्त्र प्रहरीले शोकसभा आयोजना गरेको छ ।  

सशस्त्रको १५ नम्बर गणले हिजो मृतकको स्मरणमा विशेष कार्यक्रम राखेको हो । एसपी तथा गणपति प्रेम प्रसाईसहितको टोलीले शोकमा रहेका मृतक बडुवालको परिवारका सदस्य र आफन्तलाई भेटेर समवेदना प्रकट गरेको छ । 

गत असोज १० र ११ गतेको भारी वर्षापछि आएको बाढी पहिरो पीडितको उद्धार तथा राहतका लागि इन्स्पेक्टर बडुवाल काभ्रेका बिभिन्न स्थानमा खटिएका थिए । सशस्त्रको मनसुनजन्य विपत् व्यवस्थापन बेश आइटी पार्क पनौतीमा कार्यरत उनको उद्धार र राहत वितरणकै क्रममा निधन भएको थियो । 

बर्दिया स्थायी घर भई ललितपुरको सानेपामा बस्दै आएका ४२ वर्षीय बडुवाल अति मिलनसार,कर्तव्यनिष्ठ  इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्थे । उनको असामयिक निधनले देशले एकजना असल राष्ट्रसेवक गुमाएको सशस्त्रले जनाएको छ ।

टिप्पणीहरू