अनुमतिबिना अवतरण गर्न खोजेको जहाज आकाशमा फनफनी

अनुमतिबिना अवतरण गर्न खोजेको जहाज आकाशमा फनफनी
सुन्नुहोस्

थाई एयर एसियाको जहाज आधा घण्टा आकाशमै होल्ड भएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । अवतरण अनुमति बिनै बैंककबाट आएको एफडी १८२ जहाज करिब ३७ मिनेट आकाशमा फनफनी घुम्नु परेको हो । 

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले उक्त एयरलाइन्सले लिएको अवतरण अनुमति हिजो (शनिबार)बाट समाप्त भएको बताए । आजबाट विन्टर तालिका लागू भएको जनाउँदै उनले उक्त जहाजले अनुमति नलिई अवतरण गर्न खोजेपछि समस्या भएको उनले जानकारी दिएक । 

दिउँसो २ बजे अवतरण हुनुपर्ने जहाज ३७ मिनेटसम्म आकाशमै घुमेको थियो । अन्तिममा तत्काल विस्टर अनुमतिको प्रक्रिया अघि बढाउने शर्तमा जहाजलाई अवतरण अनुमति दिइएको बताइएको छ । 

जहाज पौने ३ बजे अवतरण गरेको शेर्पाले बताए ।
 

टिप्पणीहरू