डेढ दर्जन ठेकेदारलाई सात दिने पूर्जी

डेढ दर्जन ठेकेदारलाई सात दिने पूर्जी
सुन्नुहोस्

ठेक्का ओगटेर निर्धारित समयमा काम पूरा नगर्ने डेढ दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माणकर्तालाई सात दिनको समय दिएर स्पष्टीकरण मागेको हो । तोकिएको समयमा चित्तबुझ्दो लिखित जवाफ नबुझाए कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । 

स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा जिसी कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रालि, आईए कन्स्ट्रक्सन, पुर्ण निर्माण सेवा, हार्दिक कन्स्ट्रक्सन, तप्त निर्माण सेवा, खड्गदेवी कन्स्ट्रक्सन, भाव्या कन्स्ट्रक्सन, तारालक्ष्मी-ममता जेभी, भिन्टेज विजनेश सप्लायर्स रहेका छन् । 

त्यस्तै, आरसि कन्स्ट्रक्सन, अटल सौभाग्य निर्माण सेवा, राम्चे नेशनल कन्स्ट्रक्सन, इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स र लालगणेश कन्स्ट्रक्सन सप्लायर्सलाई पनि स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

टिप्पणीहरू