सीताले सिंगो कार्यसमितिलाई 'भेडा बाख्रा' भनेकै हुन् त ?
गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटालाई फेरि विवादमा तानिएको छ ।
प्रष्ट बोलेर चर्चामा आइरहने उनले प्रवासी नेपाली मञ्च बेल्जियमको गत २८ अक्टोबरमा आयोजित कार्यक्रममा आफ्नै कार्यसमितिका सदस्यलाई 'भेडा बाख्रा' भनेको गुनासो छ ।
सापकोटाले संघको तर्फबाट सम्बोधन गर्दा कार्यसमितिका सम्पूर्ण ३८ जना पदाधिकारी एवं सदस्यहरुलाई त्यस्तो संज्ञा दिएको बताइन्छ ।
बेल्जियमजस्तो विकसित देशमा बसेर सहकर्मीहरुप्रति यस्तो भाषा प्रयोग गरेपछि कतिपयले यसबाट नेतृत्वको गरिमा खस्कनेमात्र होइन, अध्यक्षको कार्यदक्षता समेत छर्लंग भएको टिप्पणी गरेका छन् ।
गैर आवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले एक विज्ञप्ति जारी गर्दै सापकोटाको उक्त 'लज्जास्पद' भनाईले सिंगो कार्यसमितिको अपमान भएको जनाइन् ।
गत जुलाईमा सम्पन्न संघको ९ औं महाधिवेशनमा अध्यक्ष सापकोटाबाहेक सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको थियो । कांग्रेसनिकट सीताको बेल्जियम एनआरएनएमा मात्र होइन,केन्द्रसंग समेत सम्बन्ध चिसिंदो छ ।
टिप्पणीहरू