दोषीको पक्षमा सिंगो सांसद टोली सडकमा,सर्वसाधारण विरोधमा
नेपालीमा एउटा चर्चित उखान छ,‘उसैको ठूलो स्वर ।’ जो दोषी हुन्छ,उसले आफूलाई निर्दोष देखाउन अनेक ‘स्टण्ट’ गर्छ । झण्डै दुई सातादेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः स्टण्टबाजी गरेरै जोगिने कसरतमा छन् ।
पत्रकार शालिकग्राम पुडासैनी आत्महत्या प्रकरणमा भीड उतारेर जोगिएका उनले यसपटक पनि सोही टेक्निक अप्नाएका छन् । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका उनलाई छोड्नुपर्ने माग गर्दै रास्वपाका सांसद तथा नेता–कार्यकर्ताले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनको बचाउमा राजधानीको विभिन्न स्थानमा दिनहुँ आन्दोलन भइरहेको छ।
सरकार तानाशाही र फासिस्ट भएको भन्दै नाराबाजी गरिएको छ । रास्वपा उपसभापति डोलप्रसाद अर्याल,पूर्वशिक्षामन्त्रीसमेत रहिसकेकी सांसद सुमना श्रेष्ठ, सांसद डा.तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, सोबिता गौतम, मनिष झालगायतले सडकबाट सभापतिको रिहाइको माग गरिरहेका छन् ।
बीसै सांसद सडकमा । दुनियाँमा कहीँ यो पार्टी देख्नुभएको छ ? पार्टीको सिंगो फोर्स अदालतका विरुद्ध, प्रशासनका विरुद्ध लागेको देख्नुभएको छ ? सुन्नुभएको छ ? काँग्रेसका जति मन्त्री गए कति सांसद सडकमा आए त ? आउँछन् ? सिंगो पदाधिकारीको सेट, सांसदको सेट सडकमा आएको छ । डाक्टर भएर हामी यो विश्वविद्यालय पढेको भनेर भाषण गरेका छन् के केसमा भन्दा ठगलाई कानुनसम्बत् ढङ्गले भित्र राखेको छ भनेर । अनि उसैले चाँहि म कानुनको सम्मान गर्छु भन्दै हाम्फालेर भित्र गएको छ ।
एकातिर प्रहरी हिरासतमा रहेका सभापतिले कानुनलाई सघाउने बताइरहँदा अर्कोतिर रास्वपाका समग्र सांसदको टोलीले सडकमा उत्रिएर अनुसन्धानमा बाधा पुर्याउन खोजेपछि सर्वसाधारणले विभिन्न टिकाटिप्पणी गरेका छन् ।
बचतकर्ताको रगत पसिनाको कमाइ हिनामिना गरेको आरोप लागेका लामिछानेमाथि अनुसन्धानमा सघाउनुको साटो रास्वपाका सांसदहरु विरोधमा उत्रिएपछि सर्वसाधारणले उनीहरुप्रति आक्रोश व्यक्त गरिरहेका छन् । आरोपीलाई छुट्याउनुपर्ने भन्दै सांसदहरु सडकमा आएको विषयमा इञ्जिनियर अमृत ज्ञवालीले दिएको अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पार्टीका समग्र सांसद अदालत र प्रहरीको विरोधमा लागेको पहिलोपटक देखेको उनको भनाइ छ । उनले भनेका छन्,‘बीसै सांसद सडकमा । दुनियाँमा कहीँ यो पार्टी देख्नुभएको छ ? पार्टीको सिंगो फोर्स अदालतका विरुद्ध, प्रशासनका विरुद्ध लागेको देख्नुभएको छ ? सुन्नुभएको छ ? काँग्रेसका जति मन्त्री गए कति सांसद सडकमा आए त ? आउँछन् ? सिंगो पदाधिकारीको सेट, सांसदको सेट सडकमा आएको छ । डाक्टर भएर हामी यो विश्वविद्यालय पढेको भनेर भाषण गरेका छन् के केसमा भन्दा ठगलाई कानुनसम्बत् ढङ्गले भित्र राखेको छ भनेर । अनि उसैले चाँहि म कानुनको सम्मान गर्छु भन्दै हाम्फालेर भित्र गएको छ । त्यसकारण यो मान्छेलाई बुझाउन नसकिएको हो । तर, यो विचार विमर्श गर्नुपर्ने विषयचाँहि होइन ।’
उनको अभिव्यक्तिमा हजारौं प्रतिक्रिया आएको छ । एक जनाले लेखेका छन्,‘रविका भरौटे विवेकहीन हुन् । यिनीहरु अराजक पनि हुन् ।’ अर्कोले भनेका छन्,‘मैले पनि यस्तो आजसम्म देखेको थिइन । पहिलोपटक देख्दैछु ।’ ‘मार्मिक तर्क, शालिन र सभ्य तर्क तर अराजक हुल पुरानाले धेरै लुटे अर्बौ हाम्रो रविले करोडौं लुट्नु जायज भन्छन्, अन्धो भक्तहरु’,सामाजिक सञ्जालमा भेटिएको छ ।
टिप्पणीहरू