अर्थमा सरुवाको रन्को

अर्थमा सरुवाको रन्को

अर्थ मन्त्रालयतिर सरुवाको घनचक्कर शुरु भएको छ । विशेषगरी अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा उपसचिवहरुको सरुवा हुन लागेको हो । यसअघि भएका केही सहसचिवहरुको सरुवापछिको रिक्त स्थानमा कसलाई लैजाने भन्ने प्रतिस्पर्धा पनि भइरहेको छ । वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाललाई सुदूर पश्चिम पठाइएपछि त्यहाँ कसलाई लैजाने भन्नेमा सबैले आफ्नै तरिकाले जोड लगाएका छन् । एकथरीले पुनः नेपाललाई नै त्यहाँ फिर्ता ल्याउनेसमेत बताएका छन् ।

सम्भावितको रुपमा वैदेशिकमा लैजानेहरुमध्ये बजेट महाशाखाका प्रमुख धनीराम शर्मालाई हेरिएको छ । एकातिर सहसचिव र उपसचिवको रस्साकस्सी,अर्कोतिर चालु आर्थिक वर्षको पहिलो त्रयमास भएकाले असोज महिनामा अर्थका पदाधिकारीदेखि कर्मचारीलाई निकै चटारो देखिन्छ । यतिखेर भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको भागमा परेको छ ।

टिप्पणीहरू