सहकार्य थप कसिलो बनाउन काँग्रेस एमालेको तयारी
सत्तारुढ नेपाली काँग्रेस र एमालेले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आठ सदस्यीय संयन्त्र गठन गरेका छन् ।
केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे तीन महिनापछि दुवै दलबाट चार–चार जना सदस्य रहनेगरी साझा संयन्त्र गठन गरिएको हो । जसमा सरकारको नेतृत्वकर्ता एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।
त्यस्तै, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र सभापति शेरबहादुर देउवापत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणाले कांग्रेसको तर्फबाट संयन्त्रमा नेतृत्व गर्ने छन् ।
यस्तो संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने दुई दलको निर्णय छ । दुबै पार्टीले मातहतका कमिटीलाई सोसम्बन्धी निर्देशनसमेत दिइसकेका छन् ।
टिप्पणीहरू