राष्ट्रपति दिउँसो गुह्येश्वरी र कमलपोखरी पुग्दै

राष्ट्रपति दिउँसो गुह्येश्वरी र कमलपोखरी पुग्दै फाईल फोटो

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिईंदैछ । रातभर जाग्राम र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ ।

तराई र मधेशसँगै राजधानीका नदी तथा तलाउमा पनि छठ पूजाको निम्ति आवश्यक तयारी पूरा भएको जनाइएको छ । राजधानीको गुह्येश्वरी र कमलपोखरीमा छठ पूजाको प्रारम्भ गर्न राष्ट्रपति रामचन्द्र पौडेल दिउँसो त्यता जाने कार्यक्रम छ । 

राष्ट्रपति पौडेल दिउँसो साढे ३ बजे गौरीघाट पुग्ने र साढे ४ बजे कमलपोखरीमा छठ पूजाको शुभारम्भका लागि जानुहुने छ ।

टिप्पणीहरू