उता परिणाम, यता दुष्परिणामको आकलन

उता परिणाम, यता दुष्परिणामको आकलन

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनरागमन र त्यसले नेपालमा पार्ने प्रभावबारे काठमाडौँमा छलफल गर्न लागिएको छ। 

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले आज कूटनीतिक क्षेत्रका विज्ञहरुसँग यसबारे अन्तरक्रिया गर्न लागेका हुन् । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, अर्थविद् प्रा.डा. गोविन्दराज पोखरेल र परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डे वक्ता बनाइएका छन् ।

 ट्रम्प निर्वाचित भएपश्चात् त्यसले नेपालको राजनीतिक, आर्थिक, कूटनीतिक क्षेत्रमा पार्नसक्ने असरबारे उनीहरुसँग अन्तरक्रिया गर्न लागिएको हो। भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई इलेक्टोरल मतमा निकै पछाडि पार्दै ह्वाइट हाउस पुनरागमन गरेका उनको विजयले विश्व राजनीतिमा पार्ने प्रभावबारे  आ–आफ्नो अनुकूलतामा विश्लेषण भइरहेको छ। 

अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु अमेरिकाको सत्ता परिवर्तनले नेपालमा सोझो प्रभाव नपर्ने बताउँछन् । तथापि, छिमेकी चीन र भारतको बीचमा रहेको नेपालमा भूराजनीतिक संवेदनशीलताका कारण परोक्ष असर पर्नसक्ने धेरैको अनुमान छ ।
 

टिप्पणीहरू