घण्टीघरमा एकातिर बैठक, अर्कातिर विरोध
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा एकातिर बैठक, अर्कोतिर केन्द्रीय समिति बैठक बसिरहेको छ ।
सभापति लामिछानेको पक्राउबारे लामो समयसम्म पार्टीले कुनै निर्णय नगरेको जनाउँदै केही कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
बिहान साढे ११ बजे डाकिएको बैठक अगावै लामिछाने समर्थकहरु प्लेकार्ड बोकेर घण्टी घर पुगेका थिए । उनीहरुले रविलाई न्याय र सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
प्लेकार्डमा आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, संकटमा पार्टी सम्हाल कि ठाउँ छाड लगायत नारा लेखिएका छन् ।
टिप्पणीहरू