एमाले बैठक दुई घण्टा ढिलो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक दुई घण्टा ढिलो शुरु भएको छ । आज बिहान ११ बजे राखिएको बैठक दिउँसो १ बजे शुरु भएको बताइन्छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा समसामयिक विषयमा छलफल हुने बुझिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सरकार सञ्चालनको निम्ति गठित समन्वय संयन्त्रको प्रभावकारिता, स्थानीय तहमा हुन लागेको उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल गर्न लागिएको हो ।
टिप्पणीहरू