भेनेजुयलाको राजनीतिक गोष्ठीमा सहभागी टोली स्वदेश आइपुग्यो

भेनेजुयलाको राजनीतिक गोष्ठीमा सहभागी टोली स्वदेश आइपुग्यो
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्कनुभएको छ ।

उहाँ भेनेजुयलाको राजधानी काराकासमा आयोजित राजनीतिक गोष्ठीमा भाग लिएर टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२६ मा इस्तानबुल हुँदै बिहान ११ बजे काठमाडौं आइपुग्नुभएको हो ।

पार्लियामेन्ट्री फोरमले गत सोमबार र मंगलबार आयोजित सम्मेलनमा भाग लिन उहाँ गत शनिबार इस्तानबुल हुँदै त्यता जानुभएको थियो । अध्यक्ष नेपालसँगै जानुभएका प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर पनि फर्कनुभएको छ। 

उहाँको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको एकीकृत समाजवादीले जनाएको थियो ।
 

टिप्पणीहरू