वाकु सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानी’ सत्र
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलनमा सहभागी हुनुहुने छ ।
उहाँले सम्मेलनलाई पर्सि सम्बोधन गर्ने र बुधबार उहाँको नेतृत्वमा उच्चस्तरीय सत्र सञ्चालन गरिने बताइएको छ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानी’ सम्बन्धी उच्चस्तरीय सत्र राखिएको छ । नेपाल जलवायु परिवर्तनबाट अति प्रभावित मुलुकहरुमध्ये एक हो ।
आज साँझ प्रस्थान गर्ने राष्ट्रपति पौडेल शुक्रबार स्वदेश फर्कनुहुने छ ।
टिप्पणीहरू