माओवादी उपाध्यक्ष पुगेपछि ऐक्यबद्धता प्रदर्शन

माओवादी उपाध्यक्ष पुगेपछि ऐक्यबद्धता प्रदर्शन
सुन्नुहोस्

नेपाल टेलिकममा कार्यरत श्रमिकहरुलाई निष्कासित गरिएको विरोधमा पुनर्बहालीको माग गर्दै ऐक्यबद्धना प्रदर्शन गरिएको छ ।

धर्नामा बसेका  निष्कासित मजदुरहरुमाथि धरपकड र १६ जनालाई आज बिहान पक्राउ गरेपछि माओवादी वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री अवस्था बुझ्न दिउँसो प्रहरी वृत्त सिंहदरबार पुग्नुभएको छ । 

अखिल नेपाल ट्रेड युनियन महासंघका कोषाध्यक्ष धनु दाहाललगायत १६ जनालाई उक्त वृत्तमा राखिएको छ । आन्दोलनकारीहरुका अनुसार दाहाललगायत केही घाइते छन् । उनीहरुको अवस्था बुझ्न नेता श्रेष्ठ त्यहाँ जानुभएको हो । उहाँले घाइतेको स्वास्थ्य उपचार, दोषीहरूमाथि छानबिन गरेर कारबाही र पक्राउ परेकाको तत्काल रिहाई माग गरेपछि सबैलाई छाडिएको छ ।

निष्कासित मजदूरहरुको रोजगारीको ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने जनाउँदै अखिल नेपाल सरसफाई मजजुर संघ, केन्द्रीय समितिले बबरमहलमा ऐक्यबद्धता प्रदर्शन गरेको छ ।

तस्बिरहरुः

टिप्पणीहरू