जनगणनाको काम शुरु हुनै लाग्यो

जनगणनाको काम शुरु हुनै लाग्यो

दश बर्षपछि २०७८ को जनगणनाको लागि फारम छाप्न गरिएको टेण्डरमा अचम्मैको टेण्डर परेको छ । छाप्नुपर्ने ३ करोड ८० लाख प्रति फारम तर टेण्डरवालाले १ करोड ३५ लाखमा गर्छु भनेर टेण्डर पारेको हो । एकदमै कम गुणस्तरको कागज नै प्रयोग गर्दा पनि टेण्डरअनुसारको बजेटले भेट्दैन ।

तर टेण्डरवालाले गर्छु भनेर ८० लाख रुपैयाँ धरौटी पनि बुझाइसकेका छन् । बैँकबाटै ऋण निकालेर धरौटी बुझाउने ठेकेदार हुन्, मुद्रण संघका अध्यक्ष घननारायण श्रेष्ठ । उनको बागमती प्रेसले हालेको टेण्डर स्वीकृत भएको हो । टेण्डर स्वीकृत भएपनि आवश्यक मुलुकको जनसंख्या बराबर ३ करोड ८० लाख फारम प्रकाशित हुनेमा आशंका छ । टेण्डर मूल्यअनुसार १ करोड बढि फारम प्रकाशित गरी अन्य फारम कागजी रूपमा मात्रै फत्ते पार्ने आँकलन सहजै गर्न सकिन्छ ।

सरकारले २०७८ सालको जनगणनाको काम अघि बढाएको छ । विवरण संकलनका लागि फारम प्रकाशित गर्न टेण्डर आव्हान गरिएको थियो ।

टिप्पणीहरू