राष्ट्रपति निवासको गार्डेन सजाउन २४ लाखको ठेक्का
राष्ट्रपति भवन शीतल निवासको गार्डेन सजावट गरिने भएको छ । त्यसनिम्ति सवा २४ लाखको ठेक्का स्वीकृत भएको छ ।
पोखरा आउटसोर्सिङ प्रालिद्धारा प्रस्तावित २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्र स्वीकृतका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।
कार्यालयले सरसफाई तथा ठोस फोहोर व्यवस्थापनको जिम्मा पनि सोही कम्पनीलाई दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजार रुपैयाँ बराबरको बोलपत्र स्वीकृत गरिएको छ ।
‘यस कार्यालयमा तपसिलमा उल्लिखित ठेक्का नं. का लागि दर्ता हुन आएका बोलपत्रमध्ये निम्न बोलपत्रहरु बोलपत्र मूल्यांकन समितिबाट न्यूनतम मूल्याङ्कित र सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनौट र सिफारिस भएको...,’ सूचनामा उल्लेख छ ।
कार्यालयले गत साउनमा सरसफाई तथा ठोस फोहोर व्यवस्थापन र गार्डेन सजावट तथा व्यवस्थापनका लागि ठेक्का आह्वान गरेको थियो ।
टिप्पणीहरू