मृत जनावरको जानकारीका लागि सूचना टाँस्न निर्देशन
काठमाडौं महानगरपालिकाले मृत जनावरसम्बन्धी जानकारीका लागि सूचना टाँस्न वडा कार्यालयलाई निर्देशन दिएको छ ।
महानगरले ३२ वटै वडा कार्यालयलाई परिपत्र गर्दै महानगर क्षेत्रभित्र मृत भेटिने बेवारिसे जनावरको जानकारी दिन सकिने गरी सूचना टाँस्न भनेको हो ।
महानगर क्षेत्रभित्र मृत भेटिएका बेवारिसे जनावरको अन्तिम व्यवस्थापन क्लीन नेपालले गर्दै आएको छ । क्लीन नेपालको सम्पर्क नम्बर ९८१८३०२९२० तथा ९८५१०९७३९१ सहित वडा परिसरमा सूचना टाँस्न महानगरको निर्देशन छ ।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मृत भेटिएका बेवारिसे कुकुर, बिराला, बाँदर, गोरु, भैँसी आदि जुनसुकै जनावरको व्यवस्थापन (अन्तिम संस्कार) गर्ने कार्य सफा नेपालले गर्दै आएको व्यहोरा सबैलाई विदित्तै छ । यसअनुरुप उल्लेखित नम्बरमा मृत जनावरसम्बन्धी जानकारी (सर्वसाधारण, कर्मचारी र जनप्रतिनिधि) दिन सकिने गरी वडा कार्यालयको परिसरमा सूचना टाँस गर्ने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।
यसरी दिइएको जानकारीअनुरुप मृत जनावर नउठाएमा वा अटेरी गरेमा महानगरको कृषि तथा पशुपन्छी विभागकी अधिकृत धिरादेवी केसीलाई ९८४७८२००९६ मा सम्पर्क गर्न भनिएको छ ।
टिप्पणीहरू