मुग्लिङ–पोखरा सडकमा मध्यरातमा सवारी आवागमन बन्द, अटेर गरे कारबाही
मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत छिर्कनदेखि देउराली क्षेत्रमा यातायात बन्द हुने भएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिन आगामी मंसिर ३ गतेदेखि २३ गतेसम्म आंशिक रुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिइएको छ ।
राति ११ बजेदेखि १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने र साढे १ बजेसम्म आधा घण्टा आवागमन खुल्ला गरेर पुनः बिहान ४ बजेसम्म बन्द हुने सडक योजना कार्यालयले जनाएको छ । कार्यालयले सो अवधिमा सवारीसाधन रोक्दा र चलाउँदा आफ्नो लेन अनुशासन कायम राख्न पनि सबैलाई सचेत गराएको छ ।
‘यस अवधिमा सवारीसाधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नहुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ । अटेर गरेमा नियमानुसार कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
टिप्पणीहरू