नेपाली सेनाको टोली एउटा भारतमा, अर्को पाकिस्तान

नेपाली सेनाको टोली एउटा भारतमा, अर्को पाकिस्तान फाइल फोटो
सुन्नुहोस्

‘युथ एक्सचेञ्ज प्रोग्राम’मा सहभागी हुन नेपाली सेनाको एउटा टोली भारत गएको छ । प्रमुख सेनानी शिवराम थापाको नेतृत्वमा १८ जनाको टोली आज दिउँसो नयाँ दिल्ली पुगेको छ । 

नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१७ मा सैन्य टोली दिउँसो पौने २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेको थियो । टोलीमा प्रमुख सेनानी थापासँगै सेनानी निराजन खड्का, एनसीसी क्याडेडहरु जीवन शाही, रोजिना भट्टराई, अपेक्षा गुरुङ, करिना राणा मगर छन् । 

त्यसैगरी खुशी मल्ल ठकुरी, रामबहादुर खत्री, अस्मित पुन र अभिषेक घिमिरे पनि टोलीमा समावेश छन् । आज भारत गएकाहरुमा बिवस तामाङ, सोनु खड्का, आलोक सापकोटा, सौम्या धौज जिसी, प्रमण कार्की, प्रिया बोहोरा, रिया रुचाल र प्रत्युषा कार्की रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

आजदेखि शुरु भएको उक्त कार्यक्रम मंसिर १० गतेसम्म चल्ने छ । यस्तै कार्यक्रममा भाग लिन सेनाको अर्को टोली पाकिस्तान पुगेको छ । राष्ट्रिय सेवा दलका तालिम, योजना तथा अनुगमन निर्देशक सहायक रथी महेशकुमार थापाको नेतृत्वमा १२ जना त्यता गएका हुन् । 

गएराति दुबई हुँदै त्यता गएको टोलीमा सेनानी सावित्री थापा, एनसीसी क्याडेडहरु हिमाल रोकाय, निखिल कठायत, सुमन खत्री, प्रनिता लामा, सन्दीप बाजु, मिरिया गुरुङ, आयुष्मा पौडेल, आदित्य गोदार, प्रकृति थापा मगर र सदिक्षा ढकाल हुन् ।

टिप्पणीहरू