नेपाली बिजुली बंगलादेशमा बल्दै, चिनियाँ लगानीप्रति भारतीय बक्रदृष्टि यथावत
नेपालको ४० मेगावाट बिजुली भोलिदेखि बंगलादेशमा निर्यात हुने भएको छ । छिमेकी भारतले अन्तिम समयमा स्वीकृति दिएपछि बंगलादेशमा बिजुली पठाउने कार्य पक्का भएको बताइन्छ ।
गत असोज १७ गते भएको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा बिजुली बिक्रीका लागि पठाएका दुई प्रस्तावलाई भारतले स्वीकृति दिएको छ । योसँगै भोलिदेखि विद्युत् निर्यात गर्न लागिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौतामा उल्लेख छ । चिनियाँ लगानीमा उत्पादित विद्युत आफ्नो देश हुँदै बंगलादेश पठाउन भारतले नमानेपछि चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बेच्न लागिएको हो ।
टिप्पणीहरू