अदालतबाट जिल्लिएको वल्र्ड लिंक राजस्व तिर्न बाध्य
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाएको छ । विगत १० वर्षदेखि रोयल्टी तिर्न अटेरी गर्दै आएको उक्त कम्पनीले अदालतले रिट खारेज गरेसँगै आज दुई अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले वल्र्ड लिंकले सबै राजस्व रकम दाखिला गरेको जानकारी दिए । उनले भने, ‘कम्पनीले प्राधिकरणलाई भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण राजस्व रकम आज दाखिला गरेको छ ।’
वल्र्ड लिंकले २०६९–०७० देखि ०७९–०८० सम्मको रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषवापत रकम तिर्न सरकारलाई आलटाल गर्दै आएको थियो । रोयल्टी तिर्न नपर्ने दाबीसहित केही समयअघि कम्पनीले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।
तर, सर्वोच्चले रोयल्टी रकम तिनुपर्ने ठहरसहित गत वैशाख ३० गते गरेको रिट खारेजीको पूर्ण पाठ सार्वजनिक भएसँगै उसले राजस्व बुझाएको हो ।
टिप्पणीहरू