वायु प्रदूषण भयावह भएपछि दिल्लीका प्राथमिक विद्यालय अनिश्चितकाल बन्द
भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि कक्षा ५ सम्मका प्राथमिक विद्यालय अनिश्चितकालसम्म बन्द गरिएको छ । त्यहाँका मुख्यमन्त्री आतिशि सिंहले राजधानी वरपरको आकाशलाई बाक्लो तुवाँलोले ढाकेपछि उक्त निर्णय गरिएको बताएकी छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अनलाइन कक्षा सञ्चालनमा जोड दिन आग्रह गरेकी छन् । नयाँ दिल्लीमा हिउँद लाग्ने क्रममा बढ्ने वायु प्रदूषण यो वर्ष नोभेम्बरमै गम्भीर मोडमा पुगेको बताइन्छ ।
सरकारले निर्माण कार्यमा प्रतिबन्ध लगाएको छ भने पेट्रोलियम पदार्थबाट चल्ने केही सवारी साधनमा पनि प्रतिबन्ध लगाइएको छ । दिल्ली वरपरको वायु तोकिएको मापदण्डभन्दा ५० गुणा बढी प्रदूषित पाइएको छ ।
विशेषगरी भारतको उत्तर पश्चिम भागमा यो सिजनमा खेतबारीमा डढाउने परालबाट निस्कने धँुवा र घरमा बालिने कोइलाले वायु प्रदूषण बढाउने गरेको छ । त्यसमा निर्माण सामाग्री, सवारी साधनको धुँवा र औद्योगिक प्रदूषण पनि सहयोगी बन्ने गरेको छ ।
पछिल्लो केही हप्तादेखि पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित र नयाँ दिल्ली द््ेस्रो प्रदूषित शहर बनेको छ । प्रदूषित शहरको सूचीमा बंगलादेशको ढाका तेस्रो र काठमाडौं नवौं स्थानमा छन् ।
टिप्पणीहरू