रवि लामिछानेका नाममा समातिए सात

रवि लामिछानेका नाममा समातिए सात
सुन्नुहोस्

सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता समातिएका छन् । 

लामिछानेलाई पोखरा विमानस्थलबाट  हिरासततर्फ लैजाँदै गर्दा नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुछिएका उनलाई त्यताको बयान सकेर आज दिउँसो जहाजमार्फत पोखरा फर्काइएको थियो । 

त्यस क्रममा रास्वपाका कार्यकर्ता निषेधित क्षेत्रभित्र छिरेर प्रदर्शन गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

स्थानीय प्रशासनले प्रहरी कार्यालय आसपास गैह्रापाटन र शहीदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
 

टिप्पणीहरू