माइतीघरमा प्रदर्शन, पुल्चोकमा घेराउ

माइतीघरमा प्रदर्शन, पुल्चोकमा घेराउ

सहकारी पीडितहरुले राष्ट्रिय मानव अधिकार आयोग घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको नेतृत्वमा पीडितहरु ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालय घेर्न पुगेका हुन् ।

महासंघ अध्यक्ष कुशलव केसीमाथि प्रहरीले कुटपिट गर्दा पनि आयोग मौन रहेको जनाउँदै उनीहरुले चर्का नाराबाजी गरेका छन् । अस्तिदेखि शुरु भएको काठमाडौं केन्द्रित आन्दोलनमा उनीहरुको प्रहरीसँग झडप भएको थियो । सो क्रममा अध्यक्ष केसीसहित केही पीडित घाइते भएको बताइन्छ ।

सहकारी पीडितहरुले अस्तिदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । आज बिहान पनि माइतीघर पुगेका उनीहरु आयोग घेराउका लागि पुल्चोक पुगेका हुन् ।

तस्बिरहरु

टिप्पणीहरू