६२ प्रतिशत मत खसेको आयोगको पूर्वानुमान, आजैदेखि गणना
स्थानीय तहको उपनिर्वाचनअन्तर्गत ४१ स्थानमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता निता पोखरेलका अनुसार उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ । अहिले सूचना संकलन भैरहेकाले केहीबेरमा कति मत खस्यो भन्नेबारे औपचारिक जानकारी गराउने उनले बताइन् ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४१ पदका लागि आज उपनिर्वाचन भएको हो । काठमाडौँको कीर्तिपुर नगरपालिकालगायत कतिपय स्थानमा आजै गणना शुरु हुने आयोगले जनाएको छ ।
टिप्पणीहरू