राजधानीमा अपवाद,अन्यत्र घण्टी पत्तासाफ

राजधानीमा अपवाद,अन्यत्र घण्टी पत्तासाफ
सुन्नुहोस्

दुई वर्षअघि ‘नो नट अगेन’ र ‘जान्नेलाई छान्ने’ भन्दै बूढाखाडालाई हेलाको भावमा चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अस्तिको उपनिर्वाचनले पाठ सिकाएको छ । छोटो समयमा लोकप्रियता हासिल गर्दै अनेक प्रचारमा होमिएको पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध,किर्ते,सम्पत्ति शुद्धीकरणलगायत आरोपमा छानबिन र अनुसन्धान भइरहेको छ । 

उपनिर्वाचनमा नयाँ शक्तिको रुपमा प्रस्तुत भएको रास्वपाको चुनाव चिन्ह घण्टीको जनलहर मत परिणामले काठमाडौं १६ मा अपवादबाहेक अन्यत्र शून्य प्रायः देखाएको छ । काठमाडौं महानगर १६ को वडाध्यक्षमा विशेषगरी वामपन्थी मत विभाजन र नेपाली काँग्रेसले नेवार समुदायको बाक्लो बस्ती र मत भएको क्षेत्रमा अन्य समुदायको त्यसमा पनि कम लोकप्रिय उम्मेदवार उठाएकाले त्यसको फाइदा घण्टीलाई पुगेको बताइन्छ । 

त्यसबाहेक रास्वपाका उम्मेदवारहरुले मुलुुकभर प्राप्त गरेको मत परिणाम यस्तो छ : गोरखामा ८, जाजरकोटमा ५, रोल्पामा ६, ओखलढुंगामा १३ र कालिकोटमा ५ मत प्राप्त भएको छ । त्यसैगरी घण्टी चिन्हलाई डोटीमा ३१, दैलेखमा ५३, बर्दियामा ३, तेह्रथुममा ३७, रुकुममा १५९, त्रियुगामा १२२ र ताप्लेजुङ ७ मत परेको आयोगको विवरणमा उल्लेख छ ।

टिप्पणीहरू