‘टचडाउन’ गर्न छाडेपछि कतार एअरवेज दुई उडानमा सीमित

‘टचडाउन’ गर्न छाडेपछि कतार एअरवेज दुई उडानमा सीमित

कतार एयरवेजले भैरहवा टचडाउन गरेर दोहा–काठमाडौं उडान बन्द गरेको छ । तीन साताअघि थालिएको दोहा– भैरहवा –काठमाडौं उडान बन्द गरेपछि अब उसको उडान दुई वटामा सीमित भएको छ ।

काठमाडौं विमानस्थल मर्मत थाल्नुअघि चार वटा उडान रहेको एअरवेजले त्यसपछि दोहा–काठमाडौं दैनिक दुई वटा र भैरहवा टचडाउन गर्दै दोहा–काठमाडौं आउने एउटा उडानको अनुमति पाएको थियो ।

कतार एअरवेजले नागरिक उड्डयन प्राधिकरणलाई नयाँ उडान तालिका नबुझाएपछि उसको उडान संख्या कटौती भएको हो । कतार एअरवेजका अनुसार भैरहवामा टचडाउन गरेपनि त्यहाँबाट तीन सातासम्म न एक यात्रु उडे, एक जना पनि उताबाट नआएपछि उडान बन्द गरिएको हो ।

टिप्पणीहरू