बिआरआइमा सही गराएर मात्रै जहाज चढे प्रधानमन्त्री

बिआरआइमा सही गराएर मात्रै जहाज चढे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेशतर्फ लागेका छन्  । स्थानीय समय बिहान ११ बजे र नेपालको समय बिहान पौने ९ बजे राजधानी बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय दासिङ्ग विमानस्थलबाट हिमालय एअरलाइन्सको विशेष विमान नेपालका लागि उडेको छ ।
भ्रमण दललाई चीनका उप परराष्ट्रमन्त्री सुन वेइदोङलगायत चिनियाँ उच्चपदस्थ अधिकारीहरुले बिदाई गरेका छन्  । प्रधानमन्त्री ओली दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

भ्रमणका दौरान सबैभन्दा महत्वका साथ हेरिएको बिआरआई सम्झौता कार्यान्वयनमा अन्तिम क्षण हस्ताक्षर गरिएको छ । चीनले बिआरआईअन्तर्गत १० वटा परियोजना निर्माणको जिम्मा लिएको छ । सम्झौता कार्यान्वयनका सबै प्रक्रिया अघि बढाएर राजदूत छन सोङ्गको भने पर्सि शनिवार मात्र नेपाल फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू