प्रधानमन्त्री निस्कँदा बिआरआइविरुद्ध पर्चा फाल्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरेर आज दिउँसो स्वदेश आइपुग्दै हुनुहुन्छ । हिमालय एअरलाइन्सको विशेष विमानमा उहाँ दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने भ्रमण तालिका छ ।
प्रधानमन्त्रीले विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसका लागि सूचना तथा प्रसारण विभागले सञ्चारकर्मीहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्रसहित १ बजे उक्त कक्षमा पुग्नु भनेको छ ।
यता सोही कार्यक्रममा प्रधानमन्त्रीलाई चिनियाँ सहयोग परियोजना बिआरआईबारे अनेक खालका तर्क वितर्कयुक्त प्रश्न सोध्ने प्रपञ्च मिलाइएको संकेत राष्ट्रिय अनुसन्धान विभाग स्रोतले पाएको बताइन्छ । सोही समय विनय यादव नेतृत्वको राष्ट्रिय एकता परिषदले विमानस्थल बाहिर कालो झण्डा देखाउने तयारी थालेको छ ।
यादवका कार्यकर्ताले बिआरआई सम्झौता धोका हो भनेर लेखिएका पर्चा पम्प्लेट फाल्ने भएपछि प्रहरीले विमानस्थल वरपरको सुरक्षा व्यवस्था कडा पार्न थालेको छ । यादवले प्रधानमन्त्रीको चीन भ्रमण र बिआरआई कार्यान्वयन सम्झौताबारे सामाजिक सञ्जालबाट पनि व्यापक विरोध गर्ने दाबी गरेका छन् ।
टिप्पणीहरू