पोखराका कृषकहरुलाई सम्मान गरिँदै
कास्कीको पोखरा महानगरपालिकाले कृषकहरुलाई सम्मान गर्ने भएको छ । महानगरको ६६ औं स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम राखिएको छ ।
किसानलाई ‘महानगर उत्कृष्ट कृषक’ सम्मान गर्न लागिएको जनाइएको छ । सम्मानका लागि इच्छुक महानगर क्षेत्रभित्र कृषि कर्ममा आबद्ध कृषकलाई आवेदन पेश गर्न समेत आह्वान गरिएको छ ।
कृषि फर्म, कृषक समूह, कृषि सहकारी तथा कृषि सञ्जालहरुमा आबद्ध कृषकहरुलाई यही मंसिर २५ गतेभित्र महानगरको कृषि विकास शाखा तथा सम्बन्धित कृषि सेवा केन्द्रमा आवेदन दिन भनिएको छ ।
महानगरद्वारा जारी सूचनामा उल्लेख छ, ‘यस महानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा कृषक सम्मान कार्यक्रमअन्तर्गत महानगर उत्कृष्ट कृषक सम्मान गर्न लागिएकोले सहभागी हुन इच्छुक महानगरभित्रका कृषि फर्म, कृषक समूह, कृषि सहकारी तथा कृषि सञ्जालहरुमा आबद्ध कृषकहरुले मिति २०८१–०८–२५ गतेभित्र तोकिएको मापदण्डमा आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नुहुन अनुरोध छ ।’
आवेदनका साथ खेती गरिएको जग्गाधनी लालपूर्जा वा जग्गा भाडाको करार सम्झौतापत्र पेश गर्नुपर्ने तथा महानगरको कृषक वर्गीकरणमा दर्ता भएको हुनुपर्ने छ ।
टिप्पणीहरू