औषधि खरिदमा ‘छ्याकन’ छुट्याएकाहरुलाई बबरमहलमा उभ्याउने तयारी
सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । औषधि खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा चलाएको छ ।
बगालेसहित लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र काठमाडौंको मैतिदेवीस्थित हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रबन्धक निर्देशक माधवप्रसाद गौतमउपर मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
नगरपालिकामा आर्थिक वर्ष २०७८–०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि किन्दा उनीहरुको आपसी मिलेमतोमा तोकिएभन्दा बढी मूल्यमा खरिद गरी चार लाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवानाको मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
टिप्पणीहरू