सभामुख घिमिरे ब्यारेक अवलोकनमा

सभामुख घिमिरे ब्यारेक अवलोकनमा फाइल फाेटाे
सुन्नुहोस्

सभामुख देवराज घिमिरे ताप्लेजुङ गएर फर्कनुभएको छ । उहाँ बिहान सबेरै काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यता जानुभएको थियोे ।

छ जनाको टोलीसहित सभामुख बिहान ८ बजेको समयमा सेनाको कल साइन एनए ०५८ अगस्टा हेलिकोप्टरमा ताप्लेजुङ जानुभएको हो । उहाँसँगै जानुभएका रक्षामन्त्री मानवीर राई, प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराई,मेजर किरण पुडासैनी, अंगरक्षक रविन केसी,केशवराज ढुंगेल, चेतबहादुर थापा र क्षितिज थेबे सोही हेलिकोप्टरमा ४ बजे राजधानी फर्कनुभएको छ । 

बुझिएअनुसार हेलिकोप्टर बिहान ९ बजे ताप्लेजुङस्थित सेनाको ब्यारेकमा अवतरण भएको थियो । झण्डै डेढ घण्टा दुर्गादल गुल्मका सैन्यहरुसँग सभामुखसहितको टोलीले अन्तरक्रिया गरेको स्रोतले बतायो । 

त्यसपछि साढे १० बजे उक्त हेलिकोप्टर टोली सदस्यहरुलाई लिएर सिनाम बहुमुखी क्याम्पसतर्फ उडेको थियो । ११ बजे त्यहाँ पुगेको सभामुख नेतृत्वको टोली क्याम्पसको वार्षिकोत्सव र माध्यमिक विद्यालयको स्थापना दिवसमा सहभागी भयो ।

ताप्लेजुङमा आयोजित क्याम्पस र विद्यालयको कार्यक्रम सकिएपछि सेनाको हेलिकोप्टरमा सभामुख काठमाडौं फर्कनुभयो ।
यो सभामुखले वाल्यकालमा शिक्षा हासिल गर्नुभएको स्कूल हो ।

टिप्पणीहरू