स्वयम्भूको डाँडामा चौधरी पुत्रहरुको चान्समा डान्स

स्वयम्भूको डाँडामा चौधरी पुत्रहरुको  चान्समा डान्स

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौंमा एकाध घण्टाको निजी धार्मिक भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका राजा वाङचुक सोझै स्वयम्भूनाथको दर्शन र पूजापाठमा सरिक भएका थिए । 

त्यसपछि उनी बौद्धनाथको पूजापाठमा सहभागी भए । बौद्धनाथबाट राजासँगै आएको डेढ दर्जनको टोली २ बजे स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

भुटानमा वाईवाई चाउचाउको बिक्री बिस्तारलगायत विभिन्न व्यवसाय सञ्चालन गर्न लागेका काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीका जेठा छोरा निर्वाण र कान्छा वरुणले भुटानी राजासँगको भेटघाट र कुराकानीका निम्ति स्वयम्भूनाथको सिँढी र परिसरमा मौका छोपेको देखियो । थिम्पु जाउआउमा लाग्ने समय, औपचारिकतालगायत धेरै विषय जोडिएकाले चौधरीले आज स्वयम्भूमा हिँड्दा हिँड्दै भुटानी राजालाई कान फुक्न भ्याएको सुरक्षा स्रोतको दाबी छ । 

"उकालो चढ्दा जेसुकै भए पनि सामान्यतया ओरालोमा यसरी ध्यान बिकेन्दृत गर्दा ज्युज्यानको जोखिम हुने खतरा उत्तिकै रहन्छ । यसको सट्टा वाङचुक बसेको कुनै होटलमा लन्चको समय मिलाएर कुराकानी गरेको भए त्यो कूटनीतिक र सुरक्षा संयन्त्रभित्रै पर्ने थियोे ।"

चौधरी पुत्रहरुले विदेशी मुलुकका राष्ट्राध्यक्षसँग यसरी भर्याङ्गमा मौका छोप्दा सुरक्षा प्रोटोकोल नाघिएको बताइन्छ । उकालो चढ्दा जेसुकै भए पनि सामान्यतया ओरालोमा यसरी ध्यान बिकेन्दृत गर्दा ज्युज्यानको जोखिम हुने खतरा उत्तिकै रहन्छ ।

यसको सट्टा वाङचुक बसेको कुनै होटलमा लन्चको समय मिलाएर कुराकानी गरेको भए त्यो कूटनीतिक र सुरक्षा संयन्त्रभित्रै पर्ने थियोे । सार्वजनिक पद धारण नगरेका व्यक्तिहरुले सुरक्षा घेरा तोडेर विदेशी विशिष्ट पाहुनासँग कुम जोड्दै कुराकानी गरेको दृश्यले भने सुरक्षाकर्मीहरुलाई सम्भावित जोखिम टार्न हम्मेहम्मे परेको गुनासो रेकर्ड भएको छ ।

टिप्पणीहरू