लोकसेवाले माग्यो एकैचोटी तीन सय शाखा अधिकृत

लोकसेवाले माग्यो एकैचोटी तीन सय शाखा अधिकृत

लोकसेवा आयोगले एकैचोटी ठूलो संख्यामा कर्मचारी मागेको छ । आज सूचना प्रकाशित गर्दै आयोगले निजामती र संघीय संसद सेवाका राजपत्रांकित तृतीय श्रेणी तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय श्रेणी शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको हो । 

सूचनामा न्याय सेवातर्फ ८१, निजामती सेवातर्फ परराष्ट्र, प्रशासन, लेखापरीक्षा तथा संघीय संसद सेवातर्फ दुई सय १३ र राष्ट्रिय मानव अधिकार सेवातर्फ ४ गरी दुई सय ९८ जना मागिएको छ । यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गरिने आयोगले जनाएको छ । 

आयोगले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी पुस १६ गतेसम्म आवेदन पेश गर्न भनेको छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर पुस २३ गतेसम्म दरखास्त दिन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू