अंगदान प्रवर्द्धनका लागि अन्तराष्ट्रिय सम्मेलन

अंगदान प्रवर्द्धनका लागि अन्तराष्ट्रिय सम्मेलन
सुन्नुहोस्

काठमाडौंमा मानव अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल अंग प्रत्यारोपण समाजको आयोजनामा ‘द हिमालयन इन्टरनेशनल ट्रान्सप्लान्ट कन्फरेन्स, २०२४’ संचालन गर्न लागिएको हो ।  

आयोजकका अनुसार आउँदो शनिबार र आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सम्मेलन छ । अंगदानलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको सम्मेलनमा अमेरिका, जापान, भारतलगायतका मुलुकबाट विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । 

मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा, मस्तिष्क, छालालगायतका अंग मृत्युपछि दान गर्न सकिन्छ । अंगदानलाई प्रभावकारी बनाउन समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

टिप्पणीहरू