महन्थको पार्टीमा आठ जना मनोनित
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा आठ जना केन्द्रीय सदस्य थपिएका छन् ।
पार्टीको संशोधित विधानअनुसार अध्यक्ष ठाकुरले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । सप्तरीका श्याम सरदार, सिरहाका जीवक्षप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कञ्चनपुरकी भोगादेवी राना थारु र कास्कीका रविन्द्र सुनार मनोनित भएको सो पार्टीले जनाएको छ ।
टिप्पणीहरू