ओली प्रचण्डबीच फेरि तनाव

ओली प्रचण्डबीच फेरि तनाव

पूर्व सूचनाअनुसार आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो १२ बजे भेट हुनेवाला भै सल्टिन नसकेको क्याबिनेट हेरफेर र विभिन्न महत्वपूर्ण नियुक्ति तथा सिफारिसबारे छलफल हुने तयारी थियो ।

तर अकस्मात प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल बिना नै क्याबिनेट बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेपछि दुई अध्यक्षबीच तनाव थपिएको छ । नियुक्ति र सिफारिसबारे प्रचण्डले ओलीलाई पहिले नै छलफल गर्नुपर्नेछ भनिसक्नुभएको थियो । प्रधानमन्त्रीले पनि हुन्छ भन्नुभएको हो । तर एकाएक मुख्यसचिव र राजदूत  नियुक्तिको खबर सुनेपछि प्रचण्डले आजका लागि तय भएको भेट क्यान्सिल गर्नुभएको बताइन्छ  ।

हिजो बिहान ११ बजे ओली-प्रचण्ड भेट हुने भनिएपनि ओलीले नै बेलुकाका लागि सार्नुभयो,
बेलुकाको चाहिँ प्रचण्डले सार्नुभयो ।’

‘हिजो बिहान ११ बजे ओली-प्रचण्ड भेट हुने भनिएपनि ओलीले नै बेलुकाका लागि सार्नुभयो, बेलुकाको चाहिँ प्रचण्डले सार्नुभयो ।’ स्रोतले भन्यो । ओली-प्रचण्डबीच आज पनि वार्ता हुन सकेन । बिहान ९ बजे भेट हुने भनिएपनि सारेर १२ बजे पुर्‍याइयो । १२ बजे भेट हुनुअघि नै ओलीले विभिन्न नियुक्ति गरेपछि प्रचण्डले छलफल ५ बजेका लागि सारेर क्यान्सिल गर्नुभएको तर भोलि भेट हुने–नहुने टुंगो नभएको सुन्नमा आएको छ ।

१२ बजे भेट हुनुअघि नै ओलीले विभिन्न नियुक्ति गरेपछि प्रचण्डले छलफल
५ बजेका लागि सारेर क्यान्सिल गर्नुभएको सुन्नमा आएको छ ।

सचिवालय बैठक डाक्ने तयारीमा प्रचण्ड

प्रधानमन्त्रीका निर्णय र कदमबारे पहिलादेखि नै असन्तुष्ट अध्यक्ष प्रचण्ड आजको नियुक्तिबाट थप रुष्ट हुनुभएको र यसविषयमा सचिवालय बैठक डाक्ने तयारी गर्नुभएको छ । मन्त्रालय विभाजनका विषयमा पनि ओलीले आलटाल गर्दै आफूले भनेअनुसार मात्रै हुने छाँट देखाएपछि सचिवालय बैठक बसेर ओलीलाई सचेत गराउने  तयारी रहेको श्रोत बताउँछ ।

टिप्पणीहरू