राज्य व्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतक र सचेतकलाई निम्तो
संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको छ ।
दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा राखिएको बैठकमा उनीहरुलाई आमन्त्रण गरेको बताइएको छ ।
आजको बैठकमा पनि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न लागिएको हो । अस्ति पूर्व मुख्य सचिव र सचिवहरुलाई बोलाइएको थियो भने त्यसअघि झण्डै १६ सय वटा संशोधनका बुँदा दर्ता गराएका दर्जनौं सांसदहरुसँग छलफल भएको थियो ।
टिप्पणीहरू