जनकपुर क्षेत्र विकास परिषद्मा हाकिम खोजिँदै

जनकपुर क्षेत्र विकास परिषद्मा हाकिम खोजिँदै

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो पदका लागि दरखास्त आह्वान गरेको हो । 

मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि स्वीकृत कार्यविधि, २०८१ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ । उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने छ । 

त्यस्तै, उमेर ३५ वर्ष पुगेको तथा ६० वर्ष ननाघेको हुनुपर्छ । दरखास्तका साथ मिथिलाको परम्परागत परम्परा, धर्म, संस्कृति, भाषा र धार्मिक सम्पदाको संरक्षण सम्वर्द्धनसम्बन्धी कार्ययोजनासहितको प्रस्तुतीकरण दस्तावेज पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । 

दरखास्त पेश गर्ने म्याद सात दिन तोकिएको छ । परिषद्को कार्यालय वा इमेल ठेगानामार्फत पनि आवेदन बुझाउन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइटमा राखिएको छ ।

टिप्पणीहरू