खनुपरुदे अस्पताल भर्ना
९९ वर्षीय राजनीतिज्ञ तथा कृष्णप्रसाद भट्टराईकालीन नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) गम्भीर अस्वस्थ्य भई अस्पताल भर्ना हुनु भएको छ । चावहिलस्थित ओम अस्पतालको आकस्मिक उपचार कक्षामा उहाँको उपचार भइरहेको नाति कुलुप प्रसाईले जनआस्थालाई बताए । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उहाँलाई अस्पताल लगिएको नाति प्रसाईले बताए । तर, चिकित्सकहरुले चिन्ताजनक अवस्था नभएको बताएका छन् ।
टिप्पणीहरू