श्रीलंकाली पूर्व राष्ट्रपतिको होक्केमा बास

श्रीलंकाली पूर्व राष्ट्रपतिको होक्केमा बास
सुन्नुहोस्

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको निम्तोमा भोलि नेपाल आउन लागेका श्रीलंकन पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे सोझै लुम्बिनी जाँदै छन् । उनलाई लुम्बिनीस्थित होक्के होटलमा बस्ने प्रबन्ध मिलाइएको छ । 

उनी केही दिन नेपाल बस्ने सम्भावना रहेतापनि कति दिन भनेर केही खुलाइएको छैन । लुम्बिनीबाहेक अन्यत्रको भ्रमणबारे पनि हालसम्म बिस्तृत जानकारी दिइएको छैन ।

श्रीलंकाका नवौं राष्ट्रपति रनिल र चौधरी व्यावसायिक साझेदार भएको बुझिएको छ । चौधरीले श्रीलंकाका होटल,बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । त्यहाँको आर्थिक अवस्था कमजोर भएको मौकामा गत वर्ष चौधरीले सिंगापुरस्थित सिजी क्यापिटल पार्टनरको नाममा युनियन बैंकको ७१ प्रतिशत सेयर खरिद गरेका थिए ।

 त्यसैगरी ताज समुन्द्र कोलम्बो होटलमा पनि चौधरीको लगानी छ । उनले तीलगायत विदेशका कुनै पनि आफ्नो लगानीबारे नेपालमा हालसम्म आधिकारिक रुपमा खुलाएका छैनन् ।

टिप्पणीहरू