माइतीघरमा भेला भएर राष्ट्रिय धोती दिवस मनाइने
सिके राउत नेतृत्वको जनमत पार्टीनिकट विद्यार्थी जनमत संघ र युवा जनमत संघले राष्ट्रिय धोती दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । पुस १७ गते बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाइने संघले जनाएको छ ।
राउतको सचिवालयले धोती लगाएर कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ । पहाडी समुदायले मधेशी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधमा अंग्रेजी नयाँ वर्षको दिन पारेर जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाउने गरेको छ।
गत वर्ष धोती दिवस मनाउने क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अध्यक्ष राउतसहित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायतलाई नियन्त्रणमा लिएको थियो । सोही दिन राष्ट्रिय टोपी दिवस र पोशाक दिवस पनि मनाइन्छ ।
टिप्पणीहरू